तिज शुभकामनासंगै आँचल र शुभचिन्तकलाई पलको सन्देश यस्तो छ…

आँप जोडी थियौ, छौ, रहनेछौ तर गाली नगरिदिनुस

appharu
0
Shares

काठमाण्डौं । नायक पल शाहले नायिका आँचल शर्मालाई आफूसँग जोडेर गाली नगर्न शुभचिन्तकलाई आग्रह गर्नुभएको छ ।

सामाजिक संजाल फेसबुक मार्फत नायक शाहले शुभचिन्तकहरुको लगातार प्रश्न आईरहेकाले स्पष्ट पार्न चाहन्छु भन्दै लेख्नु भएको छ । आँचल र म सधै राम्रो साथि थियौ र रहने छौ । सबै अफबाह थियो ।

केहि दिन देखी सामाजिक सञ्जालहरुमा आँचलजीलाई गाली गलौज गरेको देखिरहेको छु । यसैले उहाँको नयाँ जिबन र हाम्रो मित्रता लाई गलत बुझेर सामाजिक सञ्जालमा उहाँलाई गाली नगरिदिनु होला । उहाँको नयाँ जिबनको खबरलाई म संग जोडेर सामाजिक संन्जालमा कमेन्ट नगरिदिनु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?