भोजबहादुर गुरुङको नेतृत्वमा जिफान

appharu
0
Shares

कास्की। गुरुङ फिल्म एशोसिएशन नेपाल (जिफान) को छैटौं महाधिवेशनले भोजबहादुर गुरुङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितीको प्रथम उपाध्यक्षमा गुञ्जबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा रेशम गुरुङ, महासचिवमा मनोज गुरुङ, सचिवमा तोलबहादुर गुरुङ चयन भएका छन् ।

गुरुङ समुदायका चलचित्रकर्मीहरूको छाता संस्था (जिफान) ले विभिन्न विभागहरुमा पनि प्रमुखहरु चयन गरेको छ ।

गुरुङ फिल्म एशोसिएशन नेपाल २०६५ सालमा चलचित्रकर्मी माओत्से गुरुङको अध्यक्षतामा स्थापना भएको हो ।

गुरुङ चलचित्रका निर्देशक, निर्माता, कलाकार, प्राविधिक, गुरुङ गीतका गायक गायिका, संगीतकार सबैलाई समेटेर स्थापना भएको थियो ।

स्थापनाकालदेखि चलचित्रकर्मीका हकहित र गुरुङ भाषा, संस्कृतिको जगेर्नाको क्षेत्रमा काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?