४ जेष्ठ २०७९, बुधबार

चिसोबाट बच्न नेपालगन्जमा दाउरा वितरण

२०७४,पुष,२०,बिहीवार ०८:३३

0
Shares

खजुरा, बाँके, २० पुस- शीतलहर र अत्यधिक चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ विगत केही दिनदेखि हुस्सु र कुहिरोसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेपछि नगरका विभिन्न स्थानमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाइएको हो । वडाध्यक्षहरुको समन्वयमा नेपालगन्जको त्रिभुवनचोक, धम्वोझीचोक, बागेश्वरी मन्दिर, महेन्द्रपार्कलगायत ११ स्थानमा दाउरा वितरण गरी आगो बाल्ने व्यवस्था मिलाइएको उपमहानगरपलिकाका सूचना अधिकारी शरद पौडेलले बताए उनका अनुसार जिल्ला वन पैदावर आपूर्ति समितिबाट दाउरा खरिद गरी जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा दुई चट्टा दाउरा वितरण गरिएको छ । नगरका केही स्थानमा आज पनि दाउरा वितरण गरिनेछ । उपमहानगरपालिकाले विशेषगरी गरिब, असहाय, वृद्धवृद्धा तथा बालबालिकालाई न्यानो बनाउनका लागि आगो ताप्ने व्यवस्था मिलाएको हो । चिसो र शीतलहरले गरिब, असहाय, वृद्धवृद्धा, बालबालिका र मजदुरी गर्नेहरु बढी कष्ट सहनुपरेको छ । चिसोले जिल्लाको जनजीवन दिनदिनै कष्टकर बन्दै गएको छ ।

प्रकाशित मिति: २०७४,पुष,२०,बिहीवार ०८:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

उदयपुर । उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाईते भएका छन । मदन भण्डारी

काठमाडौं । प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचन, २०७९ को मतगणना हुने र परिणाम आउने क्रम जारी रहेकाले अनुमानको भरमा

धनुषा । धनुषाको नगराइन नगरपालिका ८ स्थित दुई पक्षबीच विवाद हुँदा गोली चलेको छ। अकौरा बस्ने जामुन पासवान र नसिब

काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा नेपालमा विपदका घटनामा परी २६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय

ताजा समाचार