तत्काल नयाँ सरकार गठन हुने अवस्था छैन : नारायण खड्का

काठमाडौं, २० पुस । सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. नारायण खड्काले तत्काल नयाँ सरकार गठन हुने अवस्था नरहेको दाबी गरेका छन् नयाँ सरकार गठनका लागि मार्ग प्रशष्त गर्न बाम गठबन्धनले दबाव दिइरहेका बेला काँग्रेस नेता खड्काले तत्काल नयाँ सरकार गठन गर्न सकिने अवस्था नरहेको तर्क दिएका हुन् विहिबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछि मात्रै संघीय संसदले पूर्णता पाउने र नयाँ सरकार गठन प्रक्रिया सुरु हुने पनि स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?