एमालेसँग मधेशमा भोट माग्ने नैतिक आधार छैन : उपेन्द्र यादव

जनकपुर, २७ भदौ ।संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशका लागि कांग्रेस, माओवादी र एमाले उस्तै भएको बताएका छन् । तर, संविधान संशोधनको विपक्षमा भोट हालेको एमालेसँग भोट माग्ने नैतिक आधार समेत नभएको उनको दाबी छ । सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै फोरम अध्यक्ष यादवले भने, ‘संविधान संशोधन प्रस्तावको विपक्षमा भोट हालेर एमालेले गम्भीर भूल गरेको छ । उसले मधेशी जनतासँग भोट माग्ने नैतिक आधार नै गुमाएको छ ।’ उनले अगाडि थपे–एमाले मात्रै होइन । मधेशका लागि ठूला दलहरुले सिन्को पनि भाँचेका छैनन्, सबै उस्तै हुन् ।’ यादवले मधेशमा निर्वाचनप्रति ठूलो जनलहर छाएको बताए । आफ्नो पार्टीले संशोधनमा नदिई चुनावमा जोड दिएको भन्दै भने, ‘चुनावपछि संविधान सच्याइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?