नेपाल टेलिकमले ल्यायो यति सस्तो इन्टरनेट प्याकेज, कसरी सुचारु गर्ने ?

काठमाडौं । नेपाल टेलिकमले सस्तो इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । टेलिकमले ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजना अन्तर्गत एकदमै सस्तो दरमा २४ सै घण्टा प्रयोग गर्न सकिने गरि इन्टरनेट प्याकेज सार्वजनिक गरेको हो ।

टेलिकम यो सेवा सूचारु गरेपछि दिनभरि नै चलाउन पाईने छ ।

प्रति एमबी जम्मा ३ पैसा

टेलिकमले ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजनाअन्तर्गत विभिन्न प्याकेज सार्वजनिक गरेको छ । सो प्याकेज खरिद गर्दा प्रति एमबी डाटा शुल्क जम्मा ३ पैसासम्म लाग्नेछ ।

यस्तो छ डाटा प्लान

टेलिकमले १ जिबी डाटा एक दिनको लागि जम्मा ४५ रुपैयाँमा उपलब्ध गराउने छ । यो लिएको समयदेखि १ दिन अर्थात २४ घण्टा प्रयोगमा ल्याउन सकिने छ । त्यस्तै टेलिकमले ७ दिनसम्म चलाउन मिल्नेगरि जम्मा २ सय ५० रुपैयाँमा ७ जीबी डाटा प्याकेज पनि ल्याएको छ । यो प्याकेज चलाउँदा जम्मा ३.५ पैसा प्रति एमबी लाग्नेछ ।

त्यस्तै टेलिकमले मासिक रुपमा चलाउने ग्राहकका लागि २८ दिनको २८ जीबी डाटाको प्याकेज पनि सार्वजनिक गरेको छ । प्याकेज जम्मा ८ सय ५० रुपैयाँमा खरिद गर्न सकिने जनाइएको छ । २८ दिनसम्म प्रयोग गर्नमिल्ने यो सुविधा लिँदा प्रतिएमबी जम्मा ३ पैसा मात्रै शुल्क लाग्नेछ ।

यसरी लिन सकिन्छ प्याकेज
१ जीबीको प्याकेज लिन 1D1G लेखेर १४१५ मा म्यासेज गर्नुपर्दछ ।
७ जीबीको प्याकेज लिन 7D7G लेखेर १४१५ मा म्यासेज गर्नुपर्दछ ।
त्यस्तै, २८ दिनको लागि प्याकेज लिन 28D28G लेखेर १४१५ मा म्यासेज गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?