७ चैत्र २०७९, मंगलवार

आजदेखि घर बदल्दै बृहस्पति, हेर्नुस कुन राशिलाई लाभ कुनलाई हानी

२०७४,भाद्र,२७,मंगलवार ०४:५७

0
Shares

बृहस्पति ग्रहले करिब १३ महिनापछि आफ्नो राशि परिवर्तन गर्छ । एक वर्षसम्म कन्या राशिमा रहेको बृहस्पति गृह भदौ २७ गते मंगलवार देखि आफ्नो घर बदल्दै छन् । अर्थात् बृृहस्पति गृह अब तुला राशिमा प्रवेश गर्नेछन ।बृहस्पतिलाई राम्रो फल दिने शुभ ग्रह मानिन्छ । यो गृहले राशि परिवर्तन गर्दा नोकरी, व्यापार, घर–परिवार, सुख–शान्ति, घन–सम्पति, वैवाहिक जीवन तथा स्वाथ्यमा गहिरो असर पर्छ ।बृहस्पतिले राशि परिवर्तन गर्दा केही राशि भएका व्यक्तिका लागि नोकरीको क्षेत्रमा नयाँ परिणाम आउने संभावना छ । नयाँ नोकरीका कैयौं अवसर आउन सक्छन् । कतिपय राशिका लागि भने ब्रहस्पतिको घर परिवर्तन प्रतिकूल बन्न सक्छ ।मेष -अनुकूलबृहस्पतिले राशि परिवर्तन गर्दा मेष राशि भएका व्यक्तिका लागि राम्रो हुने छ । धेरै दिनदेखि बन्न नसकेको काम सम्पन्न हुने छ भने मुद्दा–मामलामा सफलता मिल्ने छ । साथै विद्वान व्यक्तिसँगको सम्पर्क बढ्ने छ ।वृष -प्रतिकूलबृहस्पतिले राशि परिवर्तन गर्दा वृष राशि भएका व्यक्तिले भने केही पीडादायक समय झेल्नुपर्र्ने हुन्छ । खासमा आर्थिक समस्या झेल्नुपर्ने हुनसक्छ । मेहनत गरिएअनुसार कामको प्रतिफल प्राप्त हुने छैन । स्वास्थ्य सम्बन्धी समस्याले पनि पीडित भइने छ ।मिथुन -अनुकूलबृहस्पतिले राशि पविर्तन गर्दा मिथुन राशि भएका व्यक्तिमा आत्मविश्वास बढ्नेछ । सबै कामहरु सफलतापूर्वक सम्पन्न हुनेछन् । सम्मान र प्रतिष्ठा मिल्ने छ । घर परिवारमा शुभ कार्य आयोजना हुने छन् ।कर्कट -अनुकूलब्रहस्पतिको राशि परिवर्तन कर्कट राशि भएका व्यक्तिका लागि पनि सुखद हुने छ । पैतृक सम्पत्ति प्राप्तीसँगै नयाँ घर र सवारी साधन प्राप्त हुने संभावना छ । आकस्मिक लाभको योग भएकाले व्यवसायमा पदोन्नति हुने छ ।सिंह -सामान्यसिंह राशि भएका व्यक्तिका लागि बृहस्पतिको राशि परिवर्तन सामान्य रहने छ । यो राशि भएका व्यक्तिमा आत्मविश्वास बढ्ने छ भने छोटो दूरीका यात्रामा सफलता मिल्ने छ । वैवाहिक व्यक्तिको जीवनमा खुसीको नयाँ माहोल सिर्जना हुनसक्छ । तर मानसिक रुपमा भने केही समस्या झेल्नुपर्ने हुनसक्छ । साथै स्वास्थ्यमा समस्या देखिन सक्छ ।कन्या -अनुकूलबृहस्पतिले राशि परिवर्तन गर्दा कन्या राशि भएका व्यक्तिलाई आर्थिक लाभ मिल्ने छ । यस्तै पारिवारिक सुख पनि प्राप्त हुने छ । मुद्दा–मामलामा सफलता मिल्ने छ ।तुला -अनुकूलबृहस्पतिले राशि परिवर्तन गर्दा तुला राशि भएका व्यक्तिमा प्रसन्नता बढ्ने छ । आम्दानीका स्रोतहरु बढ्नेछन् । धार्मिक कार्यबाट लाभ प्राप्त हुने छ ।वृश्चिक -प्रतिकूलबृहस्पति ग्रहको राशि परिवर्तन वृश्चिक राशि भएका व्यक्तिका लागि नराम्रो समयका रुपमा प्रतित हुने छ । यो समयमा वृश्चिक राशि भएका व्यक्तिको अन्य व्यक्तिसँगको सम्बन्धमा दरार आउन सक्छ । अन्य व्यक्तिले द्वेष भावना राख्नेछन् । आत्मविश्वासमा कमी आउने छ भने अनावश्यक खर्च बढ्ने छ ।धनु -अनुकूलधनु राशि भएका व्यक्तिका लागि बृहस्पतिको राशि परिवर्तनले नयाँ उत्साह थपिने छ । विदेश तथा टाढाको भ्रमण हुने संभावना छ । कुनै प्रतियोगितामा सहभागी भए सफल भइनेछ । वैवाहिक तथा सन्तान सुख प्राप्त हुने छ ।मकर -अनुकूलनयाँ व्यापारको विस्तार हुने छ । विशिष्ठ व्यक्तिसँगको सम्पर्क बढ्ने छ । व्यापार तथा नोकरीमा लाभ बढ्ने छ । पारिवारिक जीवन सुखद रहने छ ।कुम्भ -अनुकूलबृहस्पति ग्रहको राशि परिवर्तन कुम्भ राशि भएका व्यक्तिका लागि भाग्यशाली सिद्ध हुनेछ । प्रचुर सफलता र सम्मान प्राप्त हुने छ । कलाको क्षेत्रमा विशेष रुची बढ्नेछ । परिवारमा नयाँ सदस्यको आगमन हुने छ ।मीन -प्रतिकूलमानसिक चिन्ता बढ्ने छ । पारिवारिक तथा वैवाहिक सुखमा कमी आउने छ । पेट सम्बन्धी रोगले सताउने छ । बृहस्पतिको राशि परिवर्तन प्रतिकूल हुँदाहुँदै पनि तपाईलाई आकस्मिक लाभ प्राप्त हुन सक्छ । तर अचालक आर्थिक हानी पनि हुन सक्छ ।श्रोत : लोकान्तर

प्रकाशित मिति: २०७४,भाद्र,२७,मंगलवार ०४:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ढोरपाटन । सैतीस वर्षीया अस्मिता आजभोलि हरेक बिहान बागलुङ कालिका मन्दिरको प्रवेशद्धार अगाडि ‘कटन क्यान्डी’ बेच्दै गरेको भेटिन्छन् । अस्मिताको

ठूलो आन्द्राको क्यान्सर पुरुषहरुमा हुने क्यान्सरको दोस्रो नम्बरमा पर्छ । भने, महिलाहरुमा यसको जोखिम धेरै छ । दिसामा रगत देखियो

ताजा समाचार

पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८
सराङघाट ‘सबस्टेशन’ सञ्चालनमा
 २०७९,चैत्र,७,मंगलवार १२:३०