विश्वमा सबैभन्दा छिटो कर्मचारी समायोजन गर्ने देश नेपाल होः मन्त्री पण्डित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मुलुक संघीयतामा गएपछि विश्वमा सबैभन्दा छिटो कमर्चारी समायोजन नेपालमा भएको दाबी गर्नुभएको छ । आइतबार काठमाडौंमा आयोजित साक्षातकार कार्यक्रममा उहाँले नेपालमा भन्दा छिटो कर्मचचारी समायोजन भएको विश्वमा कुनै मुलुक भए उदाहरण दिन पत्रकारलाई चुनौतीसमेत दिनुभयो ।

‘संघीयता अन्तरगतको स्थानीय तह, प्रदेश र संघमा प्रशासनिक रुपमा यति छिटो कर्मचारी समायोजन र संगठन संरचना र दरबन्दी मिलानको काम संसारमा कहीँ पनि भएको छैन’ उहाँले भन्नुभयो ।

मन्त्री पण्डितले स्थानीय तहको मागको आधारमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगको विज्ञापन खुलाइएको र प्रदेशका लागि पनि आवश्यक कर्मचारीको व्यवस्था गर्न लोक सेवा आयोगमार्फत् विज्ञापन खुलाउने तयारी गरिएको जानकारी पनि दिनुभयो ।

उहाँले मुलुक संघीयतामा गएकाले तीनै तहमा देखिएको समस्या एकै दिनमा समाधान गर्ने कुराको कल्पना गर्न नमिल्ने तर्क पनि गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?