तीजको मुखैमा सुनको भाउ घट्यो, कति पुग्यो ?

काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य प्रतितोला ४ सयले घटेर ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि शुक्रबार सुनको मूल्य १ हजार रुपैयाँले घटेर ७२ हजार ४ सयमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?