जब श्रीमानश्रीमतीले एकैसाथ प्राण त्यागे…

काठमाडौं । भनिन्छ श्रीमानश्रीमती एक सिक्काका दुई पाटा हुन् । एकविना अर्कोको जीवन पूर्ण हुँदैन । तर कहिलेकाहीँ यस्तो भईदिन्छ । सँगै मर्ने सँगै बाँच्ने कसम खाएका जोडीले सँगै प्राण त्याग्छन् । हो, ईलाममा श्रीमान–श्रीमतीको एकै समयमा मृत्यु भएको छ । सँगै प्राण त्यागेका उनीहरुको एकै चित्तामा राखेर दागबत्ति दिईएको छ ।
ईलामको माइ नगरपालिकामा निवासी ९३ वर्षिय डिल्ली बहादुर थापा र ८७ वर्षिया तोरन कुमारी थापाको एकै दिन मृत्यु भएको छ ।

उनीहरुको ६ घण्टाको फरकमा निधन भएको उनका आफन्त दिलीप थापाले बताए । दुवै जनालाई एउटै चितामा राखेर दागबत्ती दिइएको छ । यस्तो अनौठो संयोग कमै मात्र हुने गरेको छ । केही महिनाअघि सुनसरीको इटहरीमा पनि यस्तै घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?