मौसम पूर्वानुमान: यस्तो छ आगामी ३ दिनको मौसम, के भन्छ महाशाखा ?

काठमाडौं । देशको पश्चिमी भु-भागमा सामान्य देखि पुर्ण बदली भई केहि स्थानमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ साथै मध्य तथा पुर्वी भु-भागमा सामान्य बदली भई केहि स्थानमा हल्का वर्षा भइरहेको छ ।

मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा केहि दक्षिण तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कस्तो छ आगामी तीन दिनको मौसम ?

भाद्र १५ गते (आईतबार)

दिउँसो: देशको पश्चिमी भु-भागमा सामान्य बदली साथै मध्य तथा पुर्वी भु-भागमा आंसिक देखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा साथै पूर्व र मध्यका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ ।

राती: देशभरी आंसिक देखि सामान्य बदली रही पूर्व र मध्यका थोरै स्थानहरुमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ ।

भाद्र १६ गते (सोमबार)

दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ ।

राती: देशभरी सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा साथै पूर्व र मध्यका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

भाद्र १७ गते (मंगलबार)

दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

राती: देशभरी सामान्य बदली रही पश्चिमका धेरै स्थानहरुमा साथै मध्य तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पश्चिमका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहन्छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित वर्षा हुने भएकोले सामान्य सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यसै बिच लोकन्थली पुन पहिरोको चपेटामा परेको छ । सडक भासिदा ६ घर उच्च जोखिममा रहेको छ । मध्यपुरथिमि-१, २ र ३ मा रहेको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण गर्ने क्रममा गत भाद्र ३ गते राति पहिरो गएपछि रोकथामका प्रयास भएपनि त्यस स्थानमा पुनःपहिरो गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?