ट्विटरका प्रमुख कार्यकारीकै ट्विटर अकाउन्ट ह्याक भएपछि …

काठमाडौं । ट्विटरका प्रमुख कार्यकारी तथा ट्विटरका सहसंस्थापकसमेत रहेका ज्याक डोर्सीको ट्विटर अकाउन्ट ह्याक भएको छ ।

चक्लिङ स्क्वाड भन्ने समूहले डोर्सीको अकाउन्ट ह्याक गरी १५ मिनेटसम्म अपमानजनक ट्विट गरेको समाचार स्रोतले जनाएको छ । ४० लाख फलोअर भएको उहाँको अकाउन्ट ह्याक भएको हो ।

यसैबिच ट्विटरले आफ्नो सिस्टममा समस्या नभएको जनाएको छ । एक मोबाइल फोन सञ्चालक दोषी भएको ट्विटरको दाबी छ ।

‘ट्विटरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनधिकृत व्यक्तिले सो फोन नम्बर प्रयोग गरेर एसएमएस लेख्दै ट्विट गर्न सक्ने अवस्था बन्यो ।’ सो समस्या केही घन्टामै समाधान भइसकेको विज्ञप्तिमा जनाइएको छ । तर त्यसबखत ट्वीटरको मुख्यालयमा बम राखिएको भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?