अमेरिकाको टेक्ससमा अन्धाधुन्ध गोली चल्यो, ५ को मृत्यु, ७ जना गम्भीर

एजेन्सी । अमेरिकाको टेक्सस राज्यको पश्चिमी नगरहरू ओडेसा तथा मिडल्याण्डमा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ५ जना मारिएका छन् ।

बन्दुकधारीले गाडीमा चढेर वरपरका मानिसहरूमाथि जथाभावी गोली प्रहार गर्दा ५ जना मारिएको बीबीसीले जनाएको छ ।

प्रहरी अधिकारीका अनुसार सोही घटनामा एक जना गोरा पुरुषलाई प्रहरीले गोली हानेर मारेको छ । प्रहरीका अनुसार गोरा पुरुषले गाडी रोकेर ट्राफिक प्रहरीलाई गोली चलाएका थिए।

अन्दाजी ३० वर्षीय बन्दुकधारीले त्यसपछि हुलाक सेवाको ट्रक नियन्त्रण लिएपछि त्यहाँका आवतजावत गर्नेमाथि गोली प्रहार गरेका थिए ।

सोही घटनाका घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?