कप्तान बिनाको खेलमा बार्सिलोनाको बराबरी

एजेन्सी । स्पेनिस ला लिगा फुटबल खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा ओसासुनासँग बार्सिलोना २-२ गोलको बराबरीमा रोकिएको हो ।बार्सिलोना कप्तान लियोनल मेस्सीबिना मैदान उत्रिएको थियो ।

खेलको सातौं मिनेटमा पछि परेको बार्सिलोनाले खेलको ५१ औं मिनेटमा खेल फर्काएको थियो ।
ओसासुनाका रोबर्टो टोरेसले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा बार्सिलोना खेलमा फर्कियो । खेलको ५१ औं मिनेटमा यूवा खेलाडी अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । ओसासुनाविरुद्ध गोल गरेसँगै १६ वर्ष ३०४ दिनका फाती ला लिगामा बार्सिलोनाबाट सवार्धिक कम उमेरमा गोल गर्ने खेलाडी बने ।

यस्तै ६४ औं मिनेटमा अर्थरले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । तर, खेलको ८१ औं मिनेटमा ओसासुनाका टोरेसले पेनाल्टीमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए ।

यो बराबरीसँगै बार्सिलोनाले ३ खेलबाट ४ अंक जोडेको छ । बार्सिलोनाको यो दोस्रो बराबरी खेल हो । चौंथो स्थानको ओसासुनाको ५ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?