युवतीसँग मिलेर बैंक घोटालाको अभियोग लागेका सहायक रथी बिस्ट हिरासतमा

काठमाडौं, २० पुस । कृषि विकास बैंक घोटाला प्रकरणमा मुछिएकाम नेपाली सेनाका सहायक रथी रमेश विष्टलाई पक्राउ गरि सैनिक अदालतमा मुद्धा प्रक्रिया अघि बढाइएको छ उनिमाथि कृषि विकास बैंकमा काम गर्ने महिलासँग मिलेर करोडौं रकम आफ्नो खातामा ट्रान्सफर गराएको आरोप लागेको छ सहायकरथी विष्टलाई उपत्यका पृतना नारायणहिटीको सैनिक हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको स्रोतले जनाएको छ प्रहरी अनुसन्धानका क्रममा कृषि विकास बैंक न्युरोड शाखामा कार्यरत सहायक टेलर दिपिका रेग्मीले बिष्टको खातामा पैसा ट्रान्सफर गरेको खुलेको थियो बैंकको करिब ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएपछि दिपिकालाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा ३२ लाख रुपैयाँ जर्नेलको खातामा पाइएको थियो विस्टमाथिको आरोप पुष्टि भएमा कोर्टमार्सल हुने सैनिक ऐनमा व्यवस्था रहेको छ । यद्यपि उनीमाथिको आरोप पुष्टि भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?