प्रदेश ५ को राजधानी बुटबल बनाउन माग गर्दै एक घण्टा चक्काजाम

बुटवल, २० पुस । रुपन्देही काँग्रेसले प्रदेश नम्बर ५ को राजधानी बुटबल हुनुपर्ने माग गर्दै एक घन्टा चक्काजाम गरेको छ बुटबललाई प्रदेश राजधानी बनाउन दबाब दिने उद्देश्यले सुरु भएको आन्दोलनको पहिलो चरणअन्तर्गत बिहीबार बिहान रुपन्देहीका ३ स्थानमा चक्काजाम भएको हो कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ ले बुटवलको अस्पताललाइन, मणिग्राम चोक र सैनामैना चोकमा चक्काजाम गरेको हो । चक्काजामका कारण बिद्यालय, कार्यालय जाने शिक्षक, कर्मचारी र विद्यार्थीहरु मारमा परेका छन् प्रदेश मन्त्रालयको लागि भवन, सडक सन्जाल, अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्धको जन्मस्थल लुम्विनीलगायत समेत रुपन्देहीमा नै रहेकाले प्रदेश राजधानीका लागि उपयुक्त रहेको बुटबलबासीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?