सहाराविहीन राजवंशीलाई घर


प्रकाशित मिति : १५ भाद्र २०७६, आईतवार ०६:५४

झापा । विर्तामोड नगरपालिका–२ निवासी सहाराविहीन बन्नुभएकी ५५ वर्षीया दृष्टिविहीन धामो राजवंशीले घर पाउनुभएको छ ।

सहारा नेपाल सहकारी संस्थाको प्राविधिक सहयोगमा विर्तामोड नगरपालिकाले राजवंशीलाई घर निर्माण गरिदिएको हो । विर्तामोड नगरपालिकाले रु ५० हजार र नगरपालिकाको वडा नं २ ले रु एक लाख प्रदान गरेपछि स्थानीयवासीको समेत जनश्रमदानमा राजवंशीको घर निर्माण भएको हो ।

आफैँमा दृष्टिविहीन त्यसमाथि कसैको पनि सहारा नभएपछि नीता घतानीले धामोको घर निर्माणका लागि सबैसँग सहयोगको अपिल गर्नुभएको थियो । योसँगै सहारा नेपालले राजवंशीको घर निर्माणका लागि पहल गरेको थियो ।

आफ्नो भन्नु कोही नहुनु र भएका आँखा पनि गुम्नु यो भन्दा ठूलो विपत्ति जीवनमा केही नहुने भन्दै सहारा नेपालले प्राविधिक सहयोग गर्ने भएपछि विर्तामोड नगरपालिका र वडा कार्यालयले राजवंशीको घर निर्माणका लागि आर्थिक सहयोग गरेका थिए । नगरले घर निर्माणका लागि आर्थिक सहयोग गरे पनि रङरोगनका लागि रकम अभाव भएपछि रोट्र्याक क्लब अफ विर्तामोडले आज उहाँको घरमा रङरोगन गरेको विर्तामोड नगरपालिका–२ का वडाध्यक्ष नगेन्द्र सङ्ग्रौलाले जानकारी दिनुभयो ।

दुई दशकअघि श्रीमान् खगेन्द्र राजवंशीले साथ छाडेपछि डेढ वर्षीया छोरी सुमित्राको तालु सुम्सुम्याएर चित्त बुझाउँदै आउनुभएकी सहाराविहीन महिला हुन् धामो । सहारा दिने बेलामा छोरीलाई पनि पाँच वर्षअघि गुमाउनुभएकी धामोको अहिले आफ्नो भन्ने कोही छैन ।

जन्मिएको दुई दिनमै ठूलो छोरा खस्नु, इलाका स्वास्थ्यचौकी राजगढमा जन्मिएको कान्छो छोरालाई पनि घर ल्याउन नपाई स्वस्थ्य संस्थामै गुमाउनुभएकी धामोका लागि एकैपटक ठूलो बज्रपात प¥यो जीवनमा ।

राम्ररी मुख देख्न नपाउँदै दुवै छोरा गुमाउनु, छोरी डेढ वर्षकी हुँदा श्रीमान् गुमाउनु र श्रीमान्सँगै धामोले आँखाको ज्योति पनि गुमाउनु यस्तो विपत्ति उहाँले कसरी सहनुभयो जान्नेसुन्ने सबै चकित छन् अहिले । यस्तो अवस्थामा रहनुभएकी उहाँको घर निर्माण गरेसँगै उहाँमात्र होइन, उहाँका छिमेकी पनि खुशी छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस
बालिका बलात्कार गरी हत्या गर्ने २ जनालाई अदालतले सुनायो यस्तो सजाय

काठमाडौं । एक बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई जिल्ला अदालत धनुषाले बुधबार

असोजभित्र बोलपत्र नभएका परियोजनाको रकम फिर्ता लिइन्छ : मन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चालू आर्थिक वर्षको बजेटअन्तर्गत बोलपत्रको

काठमाडौंको कपनमा हात, मुख बाँधेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । काठमाडौंको कपनमा महिलाको शव फेला परेको छ। सोही स्थानमा डेरा गरि

नागरिकतासम्बन्धि विधेयक : कांग्रेस सभापति देउवाले दिए पार्टी सांसदलाई कडा निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यथास्थितिमा नागरिकता विधेयकसम्बन्धि