सेयर मूल्य समायोजन पछि कर्णाली डेभलपमेन्टको सेयर कारोबार खुल्ला

काठमाडौं, २० पुस । कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य बिहीबार समायोजन भएको छ । बैंकले जारी गर्न लागेको २२५ प्रतिशत हकप्रदलाई समायोजन गरि नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो नेप्सेले हकप्रदलाई समायोजन गरि कर्णाली बैंकको सेयर मूल्य प्रतिकित्ता १४० रुपैयाँ निर्धारण गरेको छ । नेप्सेले समायोजन गरेको यही सेयर मूल्यलाई आधार मानेर बिहीबार बैंकले सेयर कारोबार खुलेको छ त्यस्तै, बैकको १८० दिनको सेयर कारोबारका आधारमा औसत आधार मूल्य १८९ रुपैयाँ निर्धारण भएको नेप्सेले जनाएको छ बैंकको हकप्रद सेयरको विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । बैंकले साविकका शेयरधनीहरुलाई एक बराबर दुई दशमलव पाँचको अनुपातमा एक सय रुपैयाँ अंकित दरको ३३ लाख ९७ हजार पाँच सय कित्ता हकप्रद निष्काशन गर्न लागेको हो बैंकले हकप्रद निष्काशनका लागि विहीबार सेयरधनी पुस्तिका बन्द गरेकाले बुधबारसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?