निर्वाचन आयुक्तहरु किन पुगे राष्ट्रपति भेट्न शीतल निवासमा

काठमाडौं, २० पुस । निर्वाचन आयोगका पदाधिकारीहरु राष्ट्रपति विद्या भन्डारीसँग छलफलका लागि शीतल निवास पुगेका छन् प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचको अन्तिम मतपरिणाम घोषणा गर्न ढिलाई भइरहेको सन्दर्भमा उनीहरु छलफलका लागि शीतलनिवास गएको अनुमान गरिएको छ प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणाम आएको सातदिनभित्र प्रदेश प्रमुखलाई बुझाउनु पर्ने संवैधानिक व्यवस्था भएपनि सरकारले अझै प्रदेश प्रमुख नियुक्त गर्न सकेको छैन प्रदेश प्रमुख नियुक्तिमा सहमति जुटाउनका लागि बिहीबार प्रधानमन्त्रीले बोलाएको ५ राजनीतिक दलको बैठकमा पनि एमाले र माओवादी केन्द्रले त्यसबारे ठोस सहमति नदिएपछि प्रदेश प्रमुख नियुक्ति अन्यौलमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?