संगठन विस्तार गर्दै भ्रष्टाचार र बेथितिको भन्डाफोर गर्ने राप्रपाको तयारी

जलेश्वर । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश–२ अन्तर्गतका जिल्लाहरुमा संगठन विस्तार र सुदृढीकरण अभियान शुरु गरेको छ । अभियान अन्तर्गत सर्लाही, महोत्तरी, सिरहा र सप्तरीमा संगठन विस्तारको कार्यक्रम सम्पन्न भएको राप्रपाले जनाएको छ ।
महोत्तरीको जलेश्वरमा आयोजित संगठन विस्तारको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दर्जनौ व्यक्तिहरु पार्टी प्रवेश गरेका राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।
अभियान अन्र्तगत राप्रपाले प्रदेशका सबै जिल्लाहरुमा संगठन विस्तारका कार्यक्रमहरु गर्ने जनाएको छ । यससँगै राप्रपाले आगामी महाधिवेशनलाई केन्द्रित गरेर विभिन्न कार्यक्रमहरु गर्ने पार्टी प्रवक्ता सुशील श्रेष्ठले जानकारी दिनुभयो ।
राप्रपाले तराई–मधेसको विकास र समृद्धिको मुद्दालाई प्राथमिकताका साथ उठाएर उठान गर्ने, भ्रष्टाचार र बेथितिको भन्डाफोर गर्ने तथा हिन्दुत्वको एजेन्डालाई जनताको घर दैलोमा पुर्याउने लगायतका बिषयमा छलफल गरिरहेको प्रवक्ता श्रेष्ठको भनाई छ ।
पार्टीको उपाध्यक्ष महेशलाल महासेठ्को नेतृत्वमा रहेको टोलिले सबै जिल्लाको बस्तुस्थितिको अध्ययन गरि विश्लेषण सहित केन्द्रमा प्रतिवेदन पेश गर्ने छ । भ्रमण टोलिमा उपाध्यक्ष महासेठ, प्रवक्ता श्रेष्ठ, प्रदेश अध्यक्ष चन्देश्वर यादव, केन्द्रीय सदस्य नयन बहादुर मोक्तान, सुशिला श्रेष्ठ र प्रदेश कोषाध्यक्ष शत्रुघन महासेठ लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?