४ जेष्ठ २०७९, बुधबार

सेयर मूल्य समायोजन पछि कर्णाली डेभलपमेन्टको सेयर कारोबार खुल्ला

२०७४,पुष,२०,बिहीवार ०७:०१

0
Shares

काठमाडौं, २० पुस । कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य बिहीबार समायोजन भएको छ । बैंकले जारी गर्न लागेको २२५ प्रतिशत हकप्रदलाई समायोजन गरि नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो नेप्सेले हकप्रदलाई समायोजन गरि कर्णाली बैंकको सेयर मूल्य प्रतिकित्ता १४० रुपैयाँ निर्धारण गरेको छ । नेप्सेले समायोजन गरेको यही सेयर मूल्यलाई आधार मानेर बिहीबार बैंकले सेयर कारोबार खुलेको छ त्यस्तै, बैकको १८० दिनको सेयर कारोबारका आधारमा औसत आधार मूल्य १८९ रुपैयाँ निर्धारण भएको नेप्सेले जनाएको छ बैंकको हकप्रद सेयरको विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । बैंकले साविकका शेयरधनीहरुलाई एक बराबर दुई दशमलव पाँचको अनुपातमा एक सय रुपैयाँ अंकित दरको ३३ लाख ९७ हजार पाँच सय कित्ता हकप्रद निष्काशन गर्न लागेको हो बैंकले हकप्रद निष्काशनका लागि विहीबार सेयरधनी पुस्तिका बन्द गरेकाले बुधबारसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद पाउनेछन् ।

प्रकाशित मिति: २०७४,पुष,२०,बिहीवार ०७:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार समुद्घाटन गरेसँगै सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै आइतबार पनि बैंकिङ सेवा प्रदान गर्ने निर्णय गरेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिना २५ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँको

काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५.१ प्रतिशतले बढेको छ । अघिल्लो

ताजा समाचार