१० जेष्ठ २०७९, मंगलवार

आधुनिक उपकरण जडान गरी क्षयरोगका बिरामीको उपचार शुरु

२०७४,पुष,२०,बिहीवार ०६:४९

0
Shares

नवलपरासी, २० पुस । नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम जिल्लाकै सबैभन्दा पुरानो जिल्ला पृथ्वीचन्द्र अस्पतालमा आधुनिक उपकरण जडान गरी क्षयरोगका बिरामीको उपचार शुरु गरिएको छ बिरामीमा देखिने क्षयरोगसम्बन्धी उपचारमा सघाउ पु¥याउने उद्देश्यले अत्याधुनिक प्रविधियुक्त जिन एक्सपट नामक उपकरण जडान गरी उपचार सेवा शुरु गरिएको हो जिल्लामै पहिलो पूरा अटोमेटिक प्रविधियुक्त आधुनिक मेसिन जडान गरी क्षयरोगका बिरामीको परीक्षण शुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष सन्तोषकुमार श्रीवास्तवले बताए करिब रु ५० लाख लागत लाग्ने यो मेसिन राष्ट्रिय क्षयरोग केन्द्रले अनुदानमा खरिद गरी यस अस्पतालमा जडान गरिएको हो । सो मेसिनबाट दुई घण्टाभित्र क्षयरोगीको वास्तविक अवस्थासहित कुन औषधि प्रयोग गर्न राम्रो हुनेलगायतका जानकारी प्राप्त गर्न मद्दत गर्छ एकैपटकमा चारजना बिरामी जाँच गर्ने यस आधुनिक मेसिनबाट निःशुल्करुपमा बिरामीलाई जाँच गरिने समितिका अध्यक्ष श्रीवास्तवको भनाइ छ क्षयरोग परीक्षण गराउन आउने बिरामीलाई दूरीको हिसाबले यातायात खर्चसमेत उपलब्ध गराइने जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासी कार्यालयले जनाएको छ सो उपकरणमार्फत चिकित्सकलाई क्षयरोगका बिरामीको पहिचान गर्न र किटाणु पत्ता लगाउन सजिलो हुने अपेक्षा गरिएको छ विगतका दिनमा क्षयरोगको रिपोर्ट धैरै दिन लाग्ने भए पनि आधुनिक मेसिनले दुई घण्टामै रोग पत्ता लगाउनासाथ किटाणुसमेत पत्ता लगाउन मद्दत गर्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन अनन्तकुमार शर्माको भनाइ छ चालू आव २०७४–७५ को साउनदेखि कात्तिक महिनासम्म जिल्लामा कूल ३८२ जना क्षयरोगका बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ खासगरी राजमार्गसहित दक्षिणी क्षेत्र यो रोगको बढी जोखिममा छ । गत आवमा नवलपरासीमा ९१७ जना क्षयरोगको बिरामी फेला परेको तथ्यांक छ । नवलपरासी जिल्ला क्षयरोगको उच्च जोखिममा पर्छ ।

प्रकाशित मिति: २०७४,पुष,२०,बिहीवार ०६:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । दम एक गम्भीर श्वासप्रश्वास रोग हो। यो रोगका कारण कतिपय अवस्थामा सास फेर्न गाह्रो हुन्छ । यदि समयमा

काठमाडौं । आयुर्वेददेखि चिकित्सा विज्ञानसम्म हरेक तहमा बिहान सबेरै उठ्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको बताइन्छ । हामीले बाँच्ने तरिका, के

काठमाडौं । तौल बढ्नु अहिलेको समयको सबैभन्दा गम्भीर स्वास्थ्य समस्या हो । अनुसन्धानका अनुसार अधिक तौल भएका व्यक्तिहरूमा हृदय रोग,

काठमाडौं । शरीरलाई राम्रोसँग काम गर्न दिनहुँ विभिन्न प्रकारका पोषक तत्वहरू चाहिन्छ। सामान्यतया, प्रोटिन, भिटामिन सी-डीजस्ता पोषक तत्वहरूको आवश्यकतालाई बुझेर

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३
नीति तथा कार्यक्रम सकारात्मक छ : भट्टराई
 २०७९,जेष्ठ,१०,मंगलवार १९:४१
बारामा नेकपा एमाले सबैभन्दा ठूलो दल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:४०