‘गाई पुज्ने’ नेपालगन्जका मेयरको लापरबाहीका कारण सामुहिक गाई हत्या

appharu
0
Shares
तस्वीरः गुगल

काठमाडौं । हाल बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका मेयर हुनुहसन्छ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणा । हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आएको कमल थापा नेतृत्वको पार्टीका जिम्मेवार नेता राणा नेतृत्व रहेको उपमहानगरपालिकाकै लापरबाहीले सुर्खेतको जंगलमा दुई दर्जनको हाराहारीमा गाई मरेको पाइएको छ । स्मरणीय के छ भने सोही पार्टीको चुनाव चिन्ह गाई रहेको छ भने गौहत्याको चर्को विरोध गर्दै आएको छ । छाडा पशु चौपायाको व्यवस्थापन गर्ने उद्देश्यले शुक्रबार नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउने क्रममा वीरेन्द्रनगरको कटकुवा जङ्गलमा गाइगोरु मरेको अवस्थामा पाइएका थिए ।

२९१ गाई र गोरुमध्ये २५ गाई र गोरु भिरमा तथा केही सडक छेउछाउमा मृत फेला परेका थिए । स्थानीयवासीले भने गाई र गोरुलाई भिरबाट लडाएर मारेको आरोप लगाएका छन् । उनीहरुले दोषीमाथि कडा कारवाहीको माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार नेपालगञ्ज बजारमा छाडा रहेका गाई र गोरुलाई दैलेखको धार्मिक क्षेत्र श्रीस्थानमा छाड्नका लागि लैजाने क्रममा बाटोमा घटना भएको जानकारी दिनुभयो । तर, दैलेखस्थित हाम्रो भैरवी गाउँपालिका वडा नं १, श्रीस्थानको नामै तोकेर नेपालगन्जबाट ३७० गाई ‘पालनका लागि लगिएको’ भनेर प्रचार गरिएपनि त्यो गलत रहेको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालको भनाई छ ।

उहाँले सामाजिक सञ्जालमार्फत यसबारे श्रीस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केशव थापा, वडा नं १ का वडाध्यक्ष काशीराम कार्की, गाउँपालिका अध्यक्ष प्रेमबहादुर वुढा, जिल्ला समन्वय समितिका सदस्य सर्बराज महतारा कसैलाई पनि यजानकारी नगराइएको पाइएको जनाउनुभएको छ । उहाँले ‘श्रीस्थानमा त्यति गाई पाल्ने त के बॉध्ने ठाउँ पनि नभएको अवस्थामा यो समाचार सुनेर त्यहॉका मानिस छक्क परेको बताउनुभएको छ । सो क्षेत्रका स्थानीय समेत रहेका रिजाल भन्नुहुन्छ, ‘यसबाट दुईवटा कुरा स्पष्ट हुन्छः एक या ती गाई रातीमा लगेर जबर्दस्ती श्रीस्थानतिर छाड्न लागिएको रहेछ , २ या त रातीको मौका पारेर भीरबाट लडाएर मार्नकै लागि लगिएको रहेछ ।’

मेयर मौन

यस विषयमा उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा मौन हुनुहुन्छ । प्रतिक्रिया लिन सम्पर्क गर्दा पनि सम्पर्कमा आउनुभएन । तर, नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरदकुमार पौडेलले बिहीबार दैलेखको श्रीस्थानमा छाड्नका लागि गाई र गोरु लगिएको दाबी गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?