झापामा सवारी दुर्घटना: एकको मृत्यु, १८ जना घाइते


प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार १३:३८

काठमाडौं | झापाको कनकाई नगरपालिका – १ जामुनखाडीमा आज बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ की सुजन पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको मे ११ प ८९७७ नं को स्कुटरलाई सोही दिशातर्फ गइरहेको को १ ख ७२०४ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक पोखरेल घाइते भएकी थिइन् । उनको उपचारकै क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बसमा सवार यात्रु पनि घाइते भएका थिए । उनीहरुको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस
मनसुन लम्बिने: अझै वर्षाको सम्भावना

काठमाडौं । नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा

एकाबिहानै गोरखा केन्द्रबिन्दु भएर भूकम्प गयो

काठमाडौं | गोरखा केन्द्रबिन्दु भएर आज बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ ।

परपुरुषसँग मिलेर श्रीमानको हत्या, सेफ्टीट्याङ्कीमा भेटियो शव !

काठमाडौं | श्रीमान्को हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा

ग्यासको मुल्य २५ रुपैयाँ घट्यो, हवाई इन्धनमा पनि समायोजन

काठमाण्डौं । नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ