एकाबिहानै देउवा भेट्न बूढानीलकण्ठ किन पुगे मन्त्री भट्टराई ?

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्नुभएको छ ।
उहाँले शनिबार बिहान देउवा निवास बूढानीलकण्ठमा पुगेर देउवासंग भेट गर्नुभएको हो ।

सत्तारुढ दल र प्रतिपक्षी दलबीच कुनै सहकार्य र छलफल नहुने संस्कार बढ्दै गएको बेला त्यसलाई चिर्दै भट्टराई देउवालाई आफ्नो योजना सुनाउन र आवश्यक सल्लाह लिन भेटका लागि बूढानीलकण्ठ पुग्नुभएको हो ।

भेटपछि भट्टराईले आफूले सम्हालेको मन्त्रालयका तर्फबाट भईरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा देउवालाई जानकारी गराएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?