जापानका प्रतिनिधिसभा सदस्य तोमोमीद्वारा राष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको जापानका प्रतिनिधिसभा सदस्य इनादा तोमोमी भेटवार्ता गर्नुभएको छ । तोमोमी नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति कार्यालय शीतलनिवासमा आज राष्ट्रपतिसंग शिष्टाचार भेट गरेको हो ।
त्यस अवसरमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका साथै दुवै देशमा सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा महिला सहभागिता अभिवृद्धिलगायत विषयमा विचार विमर्श भएको थियो ।
परराष्ट्र मन्त्रालयकाअनुसार भेटका बेला नेपाल र जापान सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?