सुनको भाउ घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको भाउ १ हजार रुपैयाँले घटेको छ। बिहीबार सुन तोलामा २ सयले घटेर ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ हजारले घटेर ७२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आजको चाँदी तोलामा ८८५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलानामा १० रुपैयाँ कम हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?