‘छ माया छपक्कै’को ‘जुनको जुनेली’ गीत सार्वजनिक (भिडियो सहित)

काठमाण्डौं । चलचित्र ‘छ माया छपक्कै’मा समाबेस ‘जुनको जुनेली’ बोलको गीत सार्वजनिक भएको छ ।

युट्युव मार्फत सार्वजनिक गीतमा बसन्त थापा र मिना निरौलाको स्वर रहेको छ । बसन्त थापाको संगित रहेको गीतमा राजेन्द्र थापाको शब्द रहेको छ ।

गीतसंगै यो चलचित्रले आफ्नो प्रदर्शन मिति पनि तय गरेको जानकारी दिएको छ । असोज २४ गतेबाट चलचित्र प्रदर्शनमा आउँने गीतको भिडियो मार्फत नै जानकारी गराईएको हो ।

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको प्रस्तुतीमा तयार भएको चलचित्रमा रोहित अधिकारीको लगानी छ ।

चलचित्रका कार्यकारी निर्माता जितु नेपाल र केदार घिमिरे हुन् । दीपेन्द्र लामाको निर्देशनमा बनेको चलचित्रलाई दीपकराज गिरीले लेख्नुभएको हो ।

https://www.youtube.com/watch?v=HsVJ4asMZ9Y

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?