९ जेष्ठ २०७९, सोमवार

काठमाडौँको तापक्रम एक डिग्री, सबैभन्दा कम जुम्लामा

२०७४,पुष,२०,बिहीवार ०५:५१

0
Shares

काठमाडौँ, २० पुस । यहाँको न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ काठमाडौँको आजको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्रीसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि बुधबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्रीसेल्सियस थियो । काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनका अनुसार चिसो अझै बढ्ने छ । बुधबारको तुलनामा अझ झनै चिसो बढेको छ “काठमाडौँ मात्र हैन देशैभर चिसो बढेको छ, हिजोभन्दा आज बढी चिसो छ, देशभर अझै चिसो बढ्नेछ”, उनले भने । बिहानैदेखि घाम लागे पनि कठ्यांग्रिँदो जाडोले सर्वसाधारणलाई समस्या भएको छ तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको र यसमा उत्तर पश्चिम वायुको केही प्रभाव पनि देखिएको मौसमविद् कँडेलको भनाइ छ आज तराईका अधिकांश क्षेत्रमा बाक्लो कुहिरो लागेको छ । अपराह्नदेखि क्रमिक सुधार आउने बताइएको छ । आज सबैभन्दा कम जुम्लामा ऋणात्मक (माइनस) ६ दशमलव ५ र सबैभन्दा बढी विराटनगरमा १० डिग्री सेल्सियस छ ।

प्रकाशित मिति: २०७४,पुष,२०,बिहीवार ०५:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बारा । बाराको जितपुरसिमरा २० निवासी दिपक पासवानको हत्याको आरोपित दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका

दाङ । दाङमा इँट्टालाई सुन भनेर बिक्रीट गर्न खोज्ने पाँच जना पक्राउ परेका छन् । तुलसीपुरको एक होटेलमा दुई वटा

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका नवनिर्वाचित वडाध्यक्ष ध्रुवविक्रम राईले ‘मेरो एक दिन गाउँलाई’ कार्यक्रम अघि सारेका छन्

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकामा नगर बसलाई निःशुल्क शव वाहनको रूपमा प्रयोग गरिने भएको छ । अर्को व्यवस्था नभएसम्मका लागि

ताजा समाचार