प्रकाशले प्रियंकालाई चिडियाखानामा राख्नु पर्ने भनेपछि…

appharu
0
Shares

काठमाण्डौं । लोक तथा दोहारी गायक प्रकाश कटुवालले नायिक प्रियंका कार्कीलाई चिडियाखानामा राख्नु पर्ने भन्दै सामाजिक सञ्जालमा स्टाटस राख्नु भएको छ ।

गायक कटुवालले नायिका कार्कीको व्यबहारले कार्कीलाई म्युजियममा राख्नु कि चिडिया घरमा राख्नु दोधार गराएको स्टाट्समा लेख्नु भएको हो ।

कटुवालले अष्ट्रेलियाबाट नेपाल फर्कदा नायिका कार्कीले आफूलाई दुर्व्यबहार गरेको देख्दा अचम्म लागेको फेसबुकमा स्टाट्समा लेख्नुभएको छ ।

गायक कटुवालले अहिले नायिका प्रियंका कार्कीले आफूसंग सम्पर्कमा आएर माफि मागेको भन्दै स्टाटस डिलिट गरेको जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?