७ चैत्र २०७९, मंगलवार

मानव अधिकार र प्रेस स्वतन्त्रताको संरक्षण पहिलो प्राथामिकता : डिएसपी राई

२०७४,भाद्र,२७,मंगलवार ०४:०९

0
Shares

महेन्द्र चापागाई / नवलपरासी, २७ भदौ ।नवलपरासीको ईलाका प्रहरी कार्यालय नवलपुर कावासोतीका ईन्चार्ज प्रहरी नायव उपरिक्षक नविनराज राईले मानव अधिकार र प्रेस स्वतन्त्रताको संरक्षण आफ्नो पहिलो प्राथामिकता भएको बताएका छन । ईलाका प्रहरी कार्यालय नवलपुर कावासोतीमा सोमबार आयोजना गरिएको परिचयात्मक तथा नागरिक अगुवा भेटघाट कार्यक्रममा बोल्दै डिएसपी राईले नागरिकसंग साझेदारी गर्नु प्रहरीको कर्तव्य भएको बताएका छन ।काभ्रेबाट सरुवा भई नवलपरासी आएका डिएसपी राईले नवलपुरको शान्ती सुरक्षा कायम गर्न आँफुले कुनै कसर बाँकि नराख्ने बताए । डीएसपी राईले यस क्षेत्रमा नागरिकहरूको पीरमर्का, गुनासो तथा कानुनी कारबाही, नागरिक भेटघाट, घरदैलो कार्यक्रम,सामुदायीक प्रहरी सेवाको भूमिका, सूचना र प्रविधिको उच्चतम प्रयोग, नागरिक सुनुवाई, शान्तिदूत कार्यक्रमलगायत अभियान चलानुको साथै लागुऔषध दुव्र्यसनी नियन्त्रण, ट्राफिक सचेतना, अवाञ्छित घटना नियन्त्रण, सवारी दुर्घटनामा प्रहरी बढी सचेत हुनुपर्ने आफुले पाएकोले सो सम्बन्धि विकृति, विसंगतिहरु अन्त्य गर्न आफुले योजना बनाई अगाडि बढ्ने बताए । नवलपुरमा हाल रहेको जनशक्तिलाई थप क्रियासील बनाउदै शान्ति सुरक्षा मजवुद बनाउनेसमेत आफ्नो योजना रहेको राईले सुनाए । यसअघि कावासोतीमा कार्यरत डिएसपी राजेश थापाको सर्लाही सरुवा भए पछि नवलपुर कावासोतीमा नयाँ डिएसपीको रुपमा राईलाई पठाईएको हो ।कार्यक्रममा नवलपुरका विभिन्न राजनितिक दलसँग आवद्ध दलका प्रमुख तथा प्रतिनिधीहरू संघसंस्था, पत्रकार, उद्योगी व्यवसाय लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित नागरिक अगुवाहरुले नवलपुरको शान्ति सुरक्षा देखि नागरिकका हरेक समस्यामा प्रहरी नागरिकमैत्री हुनु पर्ने बताएका थिए ।

प्रकाशित मिति: २०७४,भाद्र,२७,मंगलवार ०४:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८
सराङघाट ‘सबस्टेशन’ सञ्चालनमा
 २०७९,चैत्र,७,मंगलवार १२:३०
पाल्पाका २७ वडा डढेलोको उच्च जोखिममा
 २०७९,चैत्र,७,मंगलवार १२:२६