मन्त्री चढ्ने गाडीलाई कारवाही गरेकोप्रति डा. भट्टराईद्वारा खुसी व्यक्त

काठमाडौं । समाजावादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले चढ्ने गाडीलाई ट्राफिक प्रहरीले कारवाही गरेकोप्रति खुसी व्यक्त गनुभएको छ । बिहीबार एक ट्वीट गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका डा. भट्टराईले साना–ठूला नभनी ट्राफिक नियमको उलंघन गर्ने मन्त्रीको गाडीलाई समेत कारवाही गरेकोप्रति आभार व्यक्त गर्नुभएको हो ।

यसअघि, बुधबार बानेश्वर क्षेत्रमा नियम विपरित रोकिराखेको यातायात मन्त्रीले चढ्ने गरेको झण्डावाला गाडीमा ट्राफिक प्रहरीले ‘ह्वील लक’ लगाएको थियो । पछि, चालकले जरिवाना वापतको पैसा तिरेपछि मन्त्रीको चढ्ने गाडीलाई छोडिएको थियो ।

यो पनि पढ्नुहोस्ः

– यातायात मन्त्री चढ्ने गाडीमा नै लाग्यो ट्राफिक प्रहरीको ‘ह्वील लक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?