चुनावमा सामाजिक सञ्जालमा आउनसक्ने गलत समाचार रोक्न कानून

पेरिस, २० पुस । फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले सरकारले चुनावी अभियानका क्रममा सामाजिक सञ्चालमा आउनसक्ने गलत समाचार रोक्न कानून ल्याउने घोषणा गरेका छन् पत्रकारहरुसँग कुराकानी गर्दै उनले प्रयोजित रुपमा गरिने प्रचारप्रसारबाट उदार लोकतन्त्रहरुको रक्षा गर्न गलत प्रचारवाजी रोक्न अनिवार्य रहेको बताए नयाँ कानुनअनुसार न्यायधीसहरुलाई गलत समाचार दिने वेबसाइट बन्द गराउने र विदेशी सरकारको नियन्त्रण वा प्रभावमा रहेका टेलिभिजनले गर्ने यस्ता प्रयास रोक्ने अधिकार हुनेछ माक्रोंले गत वर्ष भएको राष्ट्रपतीय चुनावका क्रममा रुसी सञ्चार माध्यमहरुले आफ्नो बारेमा गलत समाचारहरु फैलाएको उनको आरोप थियो उनले केहि हजार यूरो खर्च गरेर समाजिक सञ्जालमा व्यक्ति वा राजनीतिक समूहहरुलाई बदनाम गर्ने गरी प्रचार प्रसार गराउन सम्भव भएको भन्दै चिन्ता प्रकट गरे सत्य र झुटबीचको रेखा धमिलो बनाउन योजनावद्ध प्रयास भइरहेको भन्दै उनले त्यसले उदार लोकतन्त्रमाथिको जनविश्वासलाई कमजोर बनाउने बताए प्रस्तावित कानून अनुसार चुनावको समयमा फेसबुक जस्ता सामाजिक सञ्जालले समाचार जस्ता देखिने सामाग्रीको श्रोतको परिचय खुलाउन कडा नियमहरुको सामना गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?