९ जेष्ठ २०७९, सोमवार

चुनावमा सामाजिक सञ्जालमा झुट्टा खबर रोक्न कानून

२०७४,पुष,२०,बिहीवार ०५:३०

0
Shares

पेरिस, २० पुस । फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले सरकारले चुनावी अभियानका क्रममा सामाजिक सञ्चालमा आउनसक्ने गलत समाचार रोक्न कानून ल्याउने घोषणा गरेका छन् पत्रकारहरुसँग कुराकानी गर्दै उनले प्रयोजित रुपमा गरिने प्रचारप्रसारबाट उदार लोकतन्त्रहरुको रक्षा गर्न गलत प्रचारवाजी रोक्न अनिवार्य रहेको बताए नयाँ कानुनअनुसार न्यायधीसहरुलाई गलत समाचार दिने वेबसाइट बन्द गराउने र विदेशी सरकारको नियन्त्रण वा प्रभावमा रहेका टेलिभिजनले गर्ने यस्ता प्रयास रोक्ने अधिकार हुनेछ माक्रोंले गत वर्ष भएको राष्ट्रपतीय चुनावका क्रममा रुसी सञ्चार माध्यमहरुले आफ्नो बारेमा गलत समाचारहरु फैलाएको उनको आरोप थियो उनले केहि हजार यूरो खर्च गरेर समाजिक सञ्जालमा व्यक्ति वा राजनीतिक समूहहरुलाई बदनाम गर्ने गरी प्रचार प्रसार गराउन सम्भव भएको भन्दै चिन्ता प्रकट गरे सत्य र झुटबीचको रेखा धमिलो बनाउन योजनावद्ध प्रयास भइरहेको भन्दै उनले त्यसले उदार लोकतन्त्रमाथिको जनविश्वासलाई कमजोर बनाउने बताए प्रस्तावित कानून अनुसार चुनावको समयमा फेसबुक जस्ता सामाजिक सञ्जालले समाचार जस्ता देखिने सामाग्रीको श्रोतको परिचय खुलाउन कडा नियमहरुको सामना गर्नुपर्ने छ ।

प्रकाशित मिति: २०७४,पुष,२०,बिहीवार ०५:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- जब दशैँ नजिकिन्छ अनि नेपाली आकाशमा चंगा उड्न थाल्छ । जब चंगा उडेको दृश्य देखिन्छ तब दशैँको आभास हुन्छ

काठमाडौंको चक्रपथबाट करिब आधा घण्टाको दूरीमा रहेको गाउँ हो, खोकना । ललितपुर वडा नम्बर २१ मा पर्ने यो गाउँ कला,

घिनघिन मादल बजाइदेऊ झ्याउरे  राम्री राम्री तरुनीलाई फकाइदेऊ रे ।। काठमाडौंको रविभवनस्थित आमाघरमा बस्दै आएकी सिन्धुपाल्चोककी कान्छी कार्कीले यो गीत

हिन्दू धर्मावलम्वीहरुको प्रमुख चाड दशैँमा विभिन्न शक्तिपीठहरुको धुमधामले पूजा गर्ने गरिन्छ । मनोइच्छा पूरा हुने आस्थाका साथ दशैँ अवधिभरि नै

ताजा समाचार