साफ यू-१५ फुटबल: भुटानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । साफ यू-१५ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले भुटानलाई पराजित गरेको छ ।

नेपालले भुटानलाइ ६-० गोलको फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

भारतको कल्याणी रंगशालामा नेपाल र भुटानबीचको खेल अपरान्ह सवाँ १२ बजे सुरु भएको थियो । भुटानलाई पराजित गर्दै नेपालले साफ यू-१५ पुरुष फुटबल च्याम्पियनसिप फाइनल प्रवेश गरेको छ ।

नेपाललाई जित दिलाउन प्रदिप लम्सालले दुई गोल गरे । यस्तै अशिम राई, सुगम जिम्मी,क्रिस सापकोटा र निराजन खत्रीले एक गोल गरे ।

जितसँगै नेपालले ४ खेलबाट ९ अंक जोडेको छ । भुटान जित विहिन बन्दै घर फर्किएको छ ।  

अब भारत र बंगलादेशबीचको खेलले फाइनल पुग्ने टोलीको तय हुनेछ । भारतको ९ अंक रहेको छ  ।  बंगलादेशको ६ अंक रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?