नेकपालाई नीतिले भन्दा नेताले चलाउन थालेको भन्दै कांग्रेस प्रवेश

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को भ्रातृ संगठन अनेरास्ववियु कोटेश्वर क्याम्पसका इकाई अध्यक्ष शंकर न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । बिहीबार चक्रपथमा आयोजित एक कार्यक्रममा दोलखा तामाकोसी गाउँपालिका वडा ५ का नेकपा नेता समेत रहनुभएका न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको हो । उहाँ नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेको समन्वयमा नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको हो ।

पार्टी प्रवेश गर्ने क्रममा विद्यार्थी नेता न्यौपानेले नेकपा भ्रष्टहरुको चङ्गगुलमा फसेको आरोप लगाउनुभयो । नेकपालाई नीतिले भन्दा नेताले चलाउन थालेपछि पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको उहाँको भनाई छ ।

कांग्रेस नेता सशांक कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दोलखाका जिल्ला नेताहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?