९० जनालाई सरकारी जागिरको अवसर

काठमाडौं । सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न निकायमा गरी ९० पदमा कर्मचारी माग गरेको छ ।

निर्देशनालयले आज सूचना प्रकाशित गर्दै १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो ।

निर्देशनालयले विरेन्द्र अस्पताल छाउनीमा ३२ जना, सैनिक अस्पताल नेपालगञ्जमा १२ जना, स्वास्थ्य सेवा व्यवस्थापन महाशाखा छाउनीमा १ जना, चिकित्साशास्त्र महाविद्यालय भण्डारखालमा ६ जना, नर्सिङ्ग महाविद्यालय भण्डारखालमा ४ जना, कलेज अफ मेडिकल पोलिटेक्निक भण्डारखालमा ९ जना, सुन्दरीजल मिनरल वाटर प्लाण्टमा ५ जना, सैनिक आवासीय महाविद्यालय भक्तपुरमा ३ जना, आवासीय विद्यालय धरानमा ४ जना, आवासीय विद्यालय कैलालीमा १ जना, रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय बाँसबारीमा १० जना, नेपाली सेना व्यवसायीक कृषि तथा पशुपालन तालिम केन्द्र लमजुङमा १ र इपिसेन्टर कार्यालय धनगढीमा १ जना गरी ९० पदमा कर्मचारी माग गरेको छ ।

सेनाले अधिकतम मेडिकलका पदहरुमा कर्मचारी माग गरेको छ ।

सूचना हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?