संघीय संसदमा अर्थमन्त्रीले जवाफ दिँदै

काठमाडौं । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ । संघीय संसद प्रतिनिधिसभाको बिहीबारको बैठकमा अर्थमन्त्रीसँग सवाल-जवाफ हुनेभएको छ ।

बैठकमा सांसदहरुले अर्थ मन्त्रालय सम्बन्धित मौखिक प्रश्न सोध्ने र अर्थमन्त्री डा. युवराज खतिवडाले त्यसबारे जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले ‘औद्योगिक व्यवसाय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, ‘२०७६’ प्रस्तुत गर्ने कार्यसूची छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले ‘विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

मन्त्री बास्कोटाले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नै कार्य सूची समेत रहेको ससद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?