साफ यू-१५: भुटानलाई हराए नेपाल फाईनलमा

काठमाडौं । भारतमा जारी साफ यू-१५ पुरुष फुटबल च्याम्पियनसिपको पाँचौं संस्करण अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले बिहिबार (आज) भुटानसंग प्रतिस्पर्धा गर्दैछ ।

भारतको कल्याणी रंगशालामा नेपाल र भुटानबीचको खेल अपरान्ह सवाँ १२ बजे सुरु हुनेछ । भुटानविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।

उपाधि जित्ने लक्ष्यसहित भारत गएको नेपाली टोलीलाई फाइनल पुग्न लिग चरणको अन्तिम खेल जित्नै पर्ने दबाब रहेको छ ।

तुलनात्मक रुपमा कमजोर टिम भुटानलाई पराजित गरे नेपाल फाइनलमा पुग्नेछ ।

नेपाल अन्तिम खेलमा भुटानलाई हराउने योजनासहित मैदान उत्रनेछ ।

भुटानका लागि भने यस खेल अर्थहिन छ । तर नेपाललाई स्तब्ध बनाउदै भुटान सान्त्वना जित निकाल्न चाहन्छ ।

प्रतियोगिताको अंक तालिकामा नेपाल ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । राउण्ड रोविनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ ।

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटानले प्रतिस्पर्धा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?