सलमानले दिए भाईरल रानूलाई ५५ लाखको घर

appharu
0
Shares

एजेन्सी । बलिउड अभिनेता सलमान खानले पछिल्लो समयकी भाईरल रानू मण्डललाई एउटा घर उपहार दिनुभएको छ ।

फुटपाथमा गीत गाएर आफ्नो जिविकोपार्जन गरिरहेकी मण्डललाई लाखको घर उपहार दिनुभएको हो ।

रानूले गीत गाउँदै गर्दा एक यात्रीले भिडियो खिचेर सामाजिक सञ्जालमा राखेपछि मण्डल भाइरल बन्नु भएको हो । त्यसपछि गायक हिमेश रेशमियाले आफ्नो फिल्ममा गीत गाउनसमेत लगाउनु भएको छ ।

यसका आलावा हिमेशले रानूलाई आफू जज रहेको सोनी टेलिभिजनको रियालिटी शो सुपर सिंगरमा विशेष अतिथिका रुपमा बोलाएर गाउन लगाउनुभयो ।

भारतको ‘न्यूज १८’ ले सलमानले रानूलाई बस्नका मुम्बईमा ५५ लाखको घर उपहार दिएको उल्लेख गरेको छ ।

यतिमात्रै होइन रानूको आवाजबाट प्रभावित भएर सलमानले आफ्नो फिल्म दबंग ३ मा रानूको स्वरमा एक गीत समेत रेकर्ड हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?