‘महाभोज’ शनिबारबाट मञ्चन हुने

appharu
0
Shares

काठमाडौं । अनुप बरालले निर्देशन गरेको नाटक ‘महाभोज’ शनिबार मञ्चन हुने भएको छ ।

काठमाण्डौंको अनामनगरस्थित मण्डला थिएटरमा भदौ १४ शनिवारबाट मञ्चन हुने नाटक असोज १२ गतेसम्म चल्नेछ ।

मण्डला थिएटरका अनुसार सोमबारबाहेक हरेक दिन साँझ ५ १५ मा र शनिबार १ बजे पनि नाटक मञ्चन गरिने छ ।

राजनीतिले समाजलाई कसरी कुरुप बनाउँछ भन्ने विषय प्रस्तुत गरिएको नाटकमा रमेश बुढाथोकी, शेखर चापागाईं, राजन खतिवडा, सिर्जना सुब्बा, बुद्धि तामाङ, प्रदीपकुमार चौधरी, विजय बराल, प्रमिला खनाल, सोमनाथ खनाल लगायतले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?