धर्म परिर्वतन गराउने क्रम नरोकिए मुलुक डरलाग्दो धार्मिक द्वन्द्वमा फस्छः कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन धर्म र संस्कृतिमाथि योजनाबद्ध आक्रमण भइरहेको बताउनुभएको छ । पार्टीको महिला संगठनले बुधबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले केही वर्षदेखि निरन्तर रुपमा धर्म र संस्कृतिमाथि सांगठनिक रुपमा प्रहार भइरहेको जिकिर गर्नुभयो ।

उहाँले धर्म परिर्वतन गराउने क्रम नरोकिए मुलुक डरलाग्दो धार्मिक द्वन्द्वमा फस्ने चेतावनी समेत दिनुभयो । अध्यक्ष थापाले धर्म निरपेक्षताको आडमा भइरहेको धर्म परिर्वतनलाई नियन्त्रण गर्ने तर्फ सरकारको ध्यानाकर्षण पनि गराउनुयो ।

१० बर्षको बीचमा दशौं लाखको धर्म परिर्वतन भएको दाबी गर्दै उहाँले धर्म, संस्कृति जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?