जुम ब्युटी एकाडेमी विथ मेकअप स्टुडियोले मनायो तिज विशेष कार्यक्रम

appharu
0
Shares


जुम ब्युटी एकाडेमी विथ मेकअप स्टुडियोले हरितालिका तिज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

एकाडेमी सञ्चालक कृशप त्वानाबासु र जुनु चक्रधरले हरेक वर्ष तिज विशेष कार्यक्रम पारेर महिलाहरुलाई उत्प्रेरणा हुने विभिन्न कार्यक्रम आयोजना गर्दै आउनुभएको छ । नेपालमा सौन्दर्य क्षेत्रलाई अन्य क्षेत्रसरह सम्मानित र व्यवस्थित बनाउने उद्देश्यका साथ २३ वर्ष अघि स्थापित यस एकाडेमीले हरेक वर्ष आफ्ना प्रशिक्षार्थीहरुको लागि यस्तै प्रेरणादायी तथा रमाईला कार्यक्रम आयोजना गर्ने गरेको को जुनु चक्रधर बताउनुहुन्छ ।

नेपालमा अझैपनि यस क्षेत्रलाई व्यवसायका रुपमा नगन्ने र यस क्षेत्रमा लागेकाहरुलाई उद्यमीका रुपमा नहेरिने भएकाले त्यो सोच बदल्न आफू लागिपरेको उहाँहरुको धारणा छ ।

‘भक्तपुरको एउटा सानो कोठाबाट शुरु गरेको अहिले राजधानीमा ४ वटा शाखा खोल्न सफल भएका छौं,’ जुनु मुस्कुराउँदै आफ्ना प्रशिक्षार्थीलाई भन्नुहुन्छ ‘१५ हजारभन्दा बढी जनशक्ति उत्पादन गरिसकेको छ जुमले ।’ अब त तपाईहरु पनि सक्षम भईसक्नुभयो महिला सशक्त हुन सिप चाहिने हुनाले हामिले तपाईहरुको लागि यो प्रयास थालेका हौँ । धेरै हदसम्म सफल पनि भएका छौँ ।

ब्युटी पार्लर अर्थात् कुनै काम नभएको र पढाइलेखाइमा कमजोर व्यक्तिले रोज्ने व्यवसाय भन्ने आमसोचाइलाई परिवर्तन गरेको यस दम्पत्तिबाट आफूहरु निकै प्रभावित भएको प्रशिक्षार्थीले बताउनुभयो । जुमले काठमाडौँका विभिन्न स्थानमा शाखा सञ्चालनमा ल्याइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?