पाँच फरार प्रतिवादी पक्राउ

काठमाडौं । जिल्ला अदालतबाट विभिन्न कसुरमा सजाए तोकी कैद भुक्तान गर्न बाँकी रहेका पाँच जना फरार प्रतिवादीलाई काभ्रेपलाञ्चाक प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जबर्जस्तीकरणी अभियोगका मण्डन देउपुर नगरपालिका-१० का ३१वर्षीय रामबहादुर लामा, अपहेलना मुद्दामा रोशी गाउँपालिका-१ का ५९ वर्षीय बेतमान तामाङ, चोरी मुद्दामा पाँचखाल नपा-८ होक्सेका ३१ बर्षीय कुमार तामाङ तथा कुटपिट मुद्दामा रोशी गाउँपालिका-८ का ४५ वर्षीया सुन्दरी तामाङ र ७० वर्षीया होसिला तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

जबर्जस्तीकरणी घटनाको महानगरीय प्रहरी वृत्त कालीमाटीमा मुद्दा दर्ता भएकाले अभियुक्त लामालाई उतै पठाइएको तथा यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै, अन्य पक्राउ चार जना प्रतिवादीलाई भने काभ्रेपलाञ्चोक जिल्ला अदालतमा बुझाइएको छ ।

जिल्ला अदालतले अपहेलना मुद्दामा बेतमान तामाङलाई छ दिन कैद र ५०० जरिवाना, चोरी मुद्दामा कुमार तामाङलाई चार महीना आठ दिन कैद र ७८,९०० जरिवाना तथा कुटपिट मुद्दाका दुई जना तामाङ महिलालाई १६०० जरिवाना तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?