त्रिभुवन विमानस्थलमा रवि लामिछानेलाई भव्य स्वागत, समर्थकलाई गरे यस्तो प्रतिवद्धता

काठमाडौं । संचारकर्मी रवि लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरुले भव्य स्वागत गरेका छन् ।

पत्रकार शालिकराम पुडासैनीको मृत्युपश्चात् प्रहरीले अनुसन्धानको लागि भन्दै लामिछानेसहित पत्रकार युवराज कंडेल र नर्स रुकु भनिने अस्मिता कार्कीलाई गत साउन ३० नियन्त्रणमा लिई चितवन पुर्याएको थियो ।

पुडासैनी मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन गरेको भन्दै भिडियोको आधारमा अनुसन्धानको लागि गत साउन ३० गते लामिछानेसहित ३ जनालाई पक्रेर चितवन लगिएको थियो । जिल्ला अदालत चितवनले रविलाई ५ लाख रुपैयाँ, युवराजलाई ३ लाख र अस्मिता साधारण तारेखमा गत भदौ ९ गते हिरासत मुक्त गरेको थियो ।

रवि लामिछानेलाई ५ लाख, युवराज कंडेललाई ३ लाख धरौटीमा रिहा गरेको छ, भने अस्मिता कार्कीलाई साधारण तारेख रिहा गरेको हो ।
रवि लामिछाने हिरासतमुक्त भएपछी उहाँका लाखौँ समर्थकहरुले विभिन्न सहरमा खुशियाली मनाएका छन् । रवि लामिछाने हुनासाथ समर्थकहरुले चितवनमा फूलमालासहित स्वागत गरेका थिए ।

त्यस्तै मंगलबार चितवनको नारायणी नदि किनारमा रवि लामिछानेले धन्यवाद ज्ञापन कार्यक्रम राखी समर्थकहरुलाई धन्यवाद दिनुभएको थियो ।

लामिछाने आज चितवनबाट काठमाडौँ आउनुभएको हो । उहाँलाई काठमाडौं बसोबास गर्ने समर्थकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पन्चे बाजासहित भव्य स्वागत गरेका छन् । उनीहरुले अझ सशक्त भएर कार्यक्रम चलाउन भनेका छन् । रवि लामिछानेले आफ्नै समर्थकहरुलाई अझ सशक्त भएर लाग्ने भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले आफ्नो काँधमा आएको जिम्मेवारीलाई नाअत्तिकन र नमात्तिकन पुरा गर्ने बताउनुभएको छ ।
यसैबिच उहाँको बहुचर्चित कार्यक्रम सिधा कुरा जनतासँग आउँदो शनिबारबाट प्रसारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?