नुवाकोट र रसुवामा टेलिकमको सेवा अवरुद्ध

नुवाकोट, २० पुस । नुवाकोट र रसुवामा नेपाल टेलिकमको सेवा बुधबार अपराह्नदेखि अवरुद्ध भएको छ धादिङको गल्छीबाट ल्याइएको मुख्य अप्टिकल फाइबरमा समस्या हुँदा टेलिकमका प्रिपेड, पोष्टपेड, पिएसटिएन (ल्याण्डलाईन टेलिफोन) र इन्टरनेट सेवामा उत्पन्न समस्या कायमै रहेको छ । टेलिकमको सेवा बुधबार अपराह्न ३ बजेदेखि अवरुद्ध भएको हो । सेवा अवरुद्ध भएको लामो समय भइसक्दा समेत उत्पन्न समस्याको समाधान नहँुदा उपभोक्ता सञ्चार सुविधाबाट वञ्चित छन् गल्छीबाट ल्याइएको फाइबर नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटे आसपासको स्थानमा खराबी देखिएकाले बनाउन पोखराबाट आज बिहान आइपुगेका प्राविधिकले प्रयास गरिरहेको टेलिकम नुवाकोट प्रमुख श्यामकान्त चौधरीले जानकारी दिए चौधरीका अनुसार अप्टिकल फाइबर विस्तार र मर्मतको जिम्मेवारी निजी कम्पनीलाई दिइएकाले सेवा अवरुद्धपछि मर्मतका लागि काठमाडाँै नजिक हुने भए पनि निजी कम्पनीको प्राविधिक पोखराबाट आउन ढिलाइ गरेकाले समस्याको पहिचान र मर्मतमा ढिलाइ भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?