दुर्लभ वन्यजन्तु भालुको पित्तसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको रानीबारीबाट भालुको पित्तसहित एक जनालाई पक्राउ गरेको छ । १७ ग्राम तौल रहेको भालुको पित्तसहित काठमाडौं गोठाटार बस्ने तेह्रथुम म्याङ्लुङ नगरपालिका-६ घर भएका ३१ वर्षीय बिमल सोबेम्बालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा दुर्लभ वन्यजन्तु भालुको पित्तको अबैध कारोबार भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले सोबेम्बालाई उक्त तौल बराबरको भालुको पित्तसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?