काठमाडौं–तराई ‘फास्ट ट्रयाक’मा डेढ लाख रुख काटिने, कति लाग्छ लागत ?

काठमाडौँ । ७२.५ किलोमिटर लामो काठमाडौं–तराई द्रुतमार्गको निमार्णको क्रममा १ लाख ५१ हजार रुख काटिने भएका छन् । नेपाली सेनाले निर्माणको जिम्मा पाएको द्रुतमार्गको साढे तीन वर्षमा तयार हुने लक्ष्य लिइएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेयले द्रुतमार्गको कूल लागत १ खर्ब ७५ अर्ब जानकारी दिनुभयो ।

द्रुतमार्गको प्रस्तावित खण्ड रेखांकन परिवर्तन गर्न सरकारले सेनालाई स्वीकृति दिइसकेको छ ।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बन्नुभन्दा अगाडि नै परियोजनाको ८ प्रतिशत काम सेनाले सम्पन्न गरिसकेको जनाएको छ । सेनाले परियोजनाबारे प्रत्येक ४ महिनामा पत्रकार सम्मेलन गरी जानकारी दिने पनि बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?