कश्मीरलाई लिएर पाकिस्तानसँग यसरी रिसाए राहुल गान्धी

एजेन्सी । भारतीय कांग्रेसका नेता राहुल गान्धीले जम्मु–कश्मीर भारतको आन्तरिक मामला भएको बताउनुभएको छ । बुधबार एक ट्वीट गर्दै उहाँले कश्मीर भारतको आन्तरिक मामला भएकाले पास्तिान या अन्य देशलाई हस्तक्षेप गर्ने कुनै अधिकार नभएको प्रष्ट पार्नुएको हो । पाकिस्तानले जम्मू–कश्मीरको पछिल्लो अवस्थालाई लिएर संयुक्त राष्ट्रसंघलाई लेखेको पत्रमा भारतीय कांग्रेसका नेता राहुल गान्धीले चिन्ता व्यक्त गरेको उल्लेख गरेको छ ।

उहाँले ट्वीटमा लेख्नुभएको छ, ‘म वर्तमन नरेन्द्र मोदी सरकारसँग धेरै कुरामा असहमत छु । तर, म यो स्पष्ट पार्न चाहन्छु कि कश्मीर भारतको आन्तरिक मामला हो र यसमा पाकिस्तान या अरु कुनै देशको हस्तक्षेपको कुनै गुन्जायस छैन ।’

राहुल गान्धीले ट्वीटमा पाकिस्तानलाई पनि निशाना बनाउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘जम्मू–कश्मीरमा हिंसा भइरहेको छ । त्यहाँको हिंसामा उक्साहट र समर्थन पाकिस्तानका तर्फबाट छ ।’ पाकिस्तानलाई विश्वभर हिंसाको हिमायतीका रुपमा चिन्ने गरिएको पनि राहुल गान्धीले उल्लेख गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?