खेम भण्डारीद्वारा रवि लामिछानेविरुद्ध मुद्दा, लेखे यस्तो स्टाटस

काठमाडौं । कञ्चनपुरका पत्रकार खेम भण्डारीले सिधा कुरा जनतासंग कार्यक्रमका प्रस्तोता रवि लामिछाने विरुद्ध प्रेस काउन्सिलमा मुद्दा दर्ता गर्नुभएको छ ।

भण्डारीले पत्रकारिताको विश्वव्यापी मान्यता, सिद्धान्त र आचारसंहिता तथा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघद्वारा जारी गरिएको पत्रकार आचारसंहिताको उल्लघन गरेको भन्दै लामिछानेविरुद्ध काउन्सिलमा मुद्दा दर्ता गराउनुभएको हो ।

लामिछानेसहित न्यूज २४ टेलिभिजन, सिधा कुरा जनतासंग कार्यक्रमविरुद्ध ईमेलमार्फत मुद्धा दर्ता गरिएको पत्रकार भण्डारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?